१२ लाख ३६ हजार रुपैयाँसहित २ भारतीय पक्राउ


 


बारा,चैत्र १
बारा जिल्लामा स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् । परवानिपुर गाँउपालिका ३ बाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको उक्त रुपैयाँसहित दुई उनीहरू पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्