मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


 


काठमाडौं, फागुन २९
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको जनाएकाे छ। महाशाखाका अनुसार साथै, हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य पहाडी भेगमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा दिउसो र साँझपख मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

पूर्वानुमानका अनुसार देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्