कोरोना भाइरस : स्वाशिंगटनमा आपतकाल घोषणा


 



कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिन थालेपछि अमेरिकाले वाशिंगटनमा आपतकाल घोषणा गरेको छ।

त्यहाँका मेयर म्युरियल बाउजरले बुधबार आपतकाल घोषणा गर्दै कोरोना भाइरससँग लड्न सबैसँग अपिल गरे। वाशिंगटनमा १० जना संक्रमित भेटिएका छन्।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन देशबाट अमेरिका आउने आगन्तुकलाई रोक लगाएको छ।

ट्रम्पले ती देशहरुबाट आउने यात्रुहरुलाई कम्तीमा एक महिनाका लागि रोक लगाएका हुन्। यो निर्णय भने युकेका लागि मान्य नहुने बताइएको छ।

उनले मिडियाकर्मीसँग यो निर्णयलाई एकता र शक्तिको रुपमा हेरिदिन अनुरोध गरेका छन्। केही अघि ट्रम्पले कोरोना भाइरससँग लड्न संघीय सरकारले सबै प्रकारको शक्ति परिचालन गरिसकेको बताएका थिए।

अमेरिकामा अहिलेसम्म १ हजार १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३८ जनाको ज्यान गएको जनाएको छ। एजेन्सी

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्