उत्तरकोरियामा कोरोना संक्रमण, १ सय ८० सैनिकको मृत्यु !


 


काठमाडौं, फागुन २८
कोरोना भाइरसको संक्रमणबाट उत्तरकोरियामा करिब २ सयको हाराहारीमा सैनिकको मृत्यु भएको खबर बाहिर आएको छ ।। मंगलबार उत्तरकोरियाको सैनिक श्रोतलाई उदृत गर्दै दक्षिण कोरियाको डेली एनकेले कोरोना संक्रमणबाट त्यति धेरै उत्तरकोरियाली सैनिकको मृत्यु भएको समाचार प्रकाशित गरेको छ ।

उत्तरकोरियामा कोरोना संक्रमणका कारण १ सय ८० सैनिकको मृत्यु भएको दक्षिण कोरियाली सञ्चारमाध्यामहरुले जनाएका छन्

सो अनलाईनका अनुसार जनवरीमा कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण उनीहरुको मृत्यु भएको जनाएको छ भने फ्रेबु्रअरीमा झण्डै ४ हजारको हाराहारीमा सैनिकहरुलाई क्वारेन्टाइनमा राखेको दाबी गरिएको छ ।

उत्तरकोरिया चीनको छिमेकी मुलुक हो । चीनको वुहानबाट सुरु भएको सो भाइरसको संक्रमणबाट विश्वमा ४ हजारभन्दा बढी मानिसको ज्यान गैसकेको छ भने १ लाखभन्दा बढी मानिस संक्रमति भएका छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्