थप शक्तिशाली हुँदै आजीवन राष्ट्रपति बन्ने दाउँमा पुटिन, संविधान संशोधनको तयारी


 



एजेन्सी
चौथो पटक रास्ट्रपति भइसकेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अब आजीवन रास्ट्रपति बन्ने तयारीमा जुटेका छन् । विश्वकै शक्तिशाली नेतामध्येका एक उनी दुई दशकयता रुसको नेतृत्व गर्दै आएका छन् ।

रुसको संविधानमा दुईपटक राष्ट्रपति भएपछि निरन्तर अर्को कार्यकाल राष्ट्रपति बन्न नपाइने व्यवस्था छ । यही व्यवस्थाका कारण उनी विगतमा दुईपटक राष्ट्रपति बनेर अर्को कार्यकाल प्रधानमन्त्री बने र पछि तेस्रो र अहिले चौथो पटक राष्ट्रपति छन् ।आफू प्रधानमन्त्री भएका बेला उनले त्यस आफ्ना विश्वासपात्र मेडवेडेभलाई राष्ट्रपति बनाए ।

हालको संवैधानिक व्यवस्था अनुसार पुटिन अर्को कार्यकाल राष्ट्रपति बन्न पाउनेछैनन् । त्यसैले उनी संविधान संशोधनको तयारीमा छन् । संविधान संशोधन गरेर राष्ट्रपति कार्यकाल असिमित बनाउने गरी अघि बढेका छन् । यतिमात्र नभई उनी राष्ट्रपतिलाई अझ शक्तिशाली बनाउने कानुन बनाउन खोज्दैछन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्