युरोपेली मुलुकमा पनि ‘अन अराइभल’ प्रतिबन्ध


 


काठमाडौं, फागुन २७
सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ । थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय भएको अध्यागमन कार्यालयले जनाएको छ ।

सरकारले अघिल्लो साता कोरोना भाइरसको संक्रमण बढ देखिएका पाँच देश चीन, इरान, दक्षिण कोरिया, जापान र इटालीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।

यी देशका नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदा सम्बन्धित देशका नेपाली दूताबास वा नियोगमा स्वस्थ रहेको प्रमाणपत्र बुझाएर भिसा लगाउनुपर्छ ।

यता कतारले नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसबाट नेपाली कामदार कतारमा कामका लागि जान पाउने छैनन् भने कतारबाट आउने रेमिट्यान्स आप्रवाहमा पनि असर पर्ने देखिन्छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्