काेराेनाकाे महामारी: गलत हल्लाले २७ जनाको ज्यान गयाे


 


काठमाडौं , फागुन २७
चीनबाट सुरु भएको कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाएका छन् ।

यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ । यसै सिलसिलामा त्यहाँ रक्सीको सेवन गर्दा कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ । त्यही हल्लाको विश्वास गरेर इरानमा गैरकानूनी रुपमा बनाइएको रक्सी पिउँदा मेथानोल विषको असर भएर त्यतिका मानिसहरु मरेका हुन् ।

इरानको खुजेस्तानको राजधानी अहभाजस्थित जन्डिसापुर मेडिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण विरामी भएका २१८ जनालाई अस्पतालमा भर्ना समेत गरिएको छ ।

उनका अनुसार, तिनीहरु ‘कोरोनाको उपचारमा रक्सीको सेवन प्रभावकारी हुने’ हल्लाका कारण रक्सी सेवन गर्दा उक्त घटना भएको हो । इरानमा रक्सीको सेवन निषेध छ । अल्पसंख्यकका रुपमा रहेका केही गैर मुस्लिम समुदायका मानिसहरुलाई मात्रै रक्सी सेवन गर्ने छुट छ ttps://brobible.files.wordpress.com

प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्