नयाँ गभर्नर नियुक्ति गर्ने तयारी, को-को छन् चर्चामा ?


 



काठमाडौं, फागुन २६
सरकारले गभर्नर नियुक्तिको प्रक्रिया सुरु गर्नेे तयारी गरेेेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएलगत्तै गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुने बताइएको छ।

यसपछि बस्ने मन्त्रीपरिषद्ले बैठकले अर्थमन्त्रीको संयोजकत्वमा गठन गरिएको समितिले गभर्नर नियुक्ती गर्ने छ । समितिमा अन्य दुई जनामध्ये एक जना पूर्व गभर्नर हुन्छन् भने अर्को एक जना वित्तीय क्षेत्रका अनुभवी ब्यक्ति हुने छन्।

समितिले तीन जनाको नाम सिफारिस गर्नु पर्छ। तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद्ले गभर्नरमा नियुक्त गर्ने छ। तीन जनामध्ये एक जना बहालवाला डेपुटी गभर्नरबाट नाम सिफारिस गर्नुपर्ने ब्यवस्था छ।

गभर्नरका लागि अहिले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, डा. मीनबहादुर श्रेष्ठ, राजन खनाल, डा. सुवोधकुमार कर्ण, लालशंकर घिमिरेको नाम चर्चामा छ।

अहिलेका गभर्नर डा. चिरञ्जिबी नेपालको कार्यकाल आगामी चैत ५ गते सकिँदैछ। सामान्यतय गभर्नर अवकाश हुनुअघि नै नयाँ गभर्नर सिफारिस गरिसक्नु पर्ने कानुनी ब्यवस्था छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्