यी सय वर्षे वृद्ध जसले कोरोनालाई जिते


 


बेइजिङ, फागुन २५

कोरोना लाग्ने बित्तिकै ज्यान जान्छ भन्ने हल्ला गलत सावित भइसक्यो । किनभने, संक्रमितहरुमध्ये मर्नेको संख्या ज्यादै थोरै छ, निको हुने धेरै छन् ।
पाकाहरुको बढी मृत्यु भएको देखिए पनि कोरोनाले ग्रस्त सय वर्ष नाघेका एक चिनियाँ वृद्ध उपचारपछि पूर्ण स्वस्थ बनेका छन्।

शनिबार हुपेइको अस्पतालबाट डिस्चार्ज भएका वृद्ध घर गइसकेको सिन्ह्वाले आइतबार जानकारी दिएको छ।

उपचारपछि स्वस्थ भएको उनी नै हालसम्मका वृद्ध व्यक्ति भएको बताइएको छ। गत फेब्रुअरी २४ मा अल्जाइमर, हाइपरटेन्सन र हर्ट फेलिएरले ग्रस्त ती वृद्ध कोरोनाबाट संक्रमित बनेका थिए।

उनको कोरोनाको उद्गमस्थल मानिएका हुपेइ प्रान्तको वुहान शहरस्थित मेटर्निटी एन्ड चाइल्ड हेल्थ केयर हस्पिटलमा उपचार भएको थियो। सन् १९२० फेब्रुअरी महिनामा उनको जन्म भएको थियो।

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्