डलरको भाउ बढेकाे बढ्यै , अन्य देशका मुद्राको विनिमयदर कति?


 


काठमाडौं, फागुन २५
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्