इरानमा तीब्र रुपमा फैलिदै कोरोना भाइरस


 



इरानमा तीब्र रुपमा कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको बताइएको छ । हालसम्म कोरोनाबाट एक सय ४५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोनाबाट सङ्क्रमितको संख्या झण्डै ६ हजार पुगेको छ । इरानमा एक दिनमा नै एक हजारभन्दा बढी संक्रमितहरु भेटिएका छन् ।

‘इरानमा सरकारी तथ्याङ्कमा मृत्यु हुनेको सङ्ख्या १४५ बताइएपनि योभन्दा निकै धेरै व्यक्तिको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ । यस्तै सङ्क्रमितको सङ्ख्या पनि निकै धेरै रहेको त्यहाँका स्थानीय अधिकारीहरूले बताउँछन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्