आईएसद्वारा अफगानिस्तानमा अन्धाधुन्ध बन्दुक आक्रमण, ३२ को मृत्यु


 



अफगानिस्तानको राजधानी काबुलमा अन्धाधुन्ध बन्दुक आक्रमण हुँदा ३२ जनाको मृत्यु भएको छ । दुई बन्दुकधारीले गरेको उक्त आक्रमणबाट ३२ मारिए भने ६१ घाइते भएका छन् । 

मुसलमान उग्रवादी संगठन आईएसले आक्रमणको जिम्मेबारी लिएको छ । यो अघिल्लो हप्ता अमेरिका र तालिवानबीच शान्ती सम्झौता भएदेखिको सबैभन्दा ठूलो आक्रमण हो ।

बन्दुकधारीले हिज्ब–ए–बहदत पार्टीका नेता अब्दुल अली मजारीको हत्या भएको २५ औं वार्षिकोत्सव श्रद्धान्जली सभामा आक्रमण गरेका थिए ।

अघिल्लो वर्षको मजारीको श्रद्धान्जली कार्यक्रममा पनि आईएसले आक्रमण गरेको थियो । प्रहरीका अनुसार बन्दुकधारीले नजिकैको भवनबाट गोली प्रहार गरेका छन् ।  

हालै अमेरिका र तालिबानबीच भएको शान्ती सम्झौतापछि यो सबैभन्दा ठूलो आक्रमण हो । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आक्रमणको निन्दा गरेका छन् । एजेन्सी

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्