साउदी अरब राजपरिवारका तीन सदस्य पक्राउ


 



साउदी अरबका राजपरिवारका तीन सदस्य पक्राउ परेका छन् । राजा सलमानका भाई र भतिज पक्राउ परेका छन् ।

राजकुमार अहमद विन अब्दुलअजीज र मोहम्मद विन नइफ पक्राउ परेका हुन् । उनीहरुलाई राजा सलमानका छोरा मोहम्मद विन सलमानको निर्देशनमा पक्राउ गरिएको हो ।

वाल स्ट्रिट जर्नलले पक्राउबारे शुक्रबार राति समाचार प्रकाशित गरेको हो । सबैभन्दा कू को आरोप छ । मोहम्मद विन सलमान साउदी अरेबियाका सबैभन्दा शक्तिशाली मानिन्छन् । राजा सलमानले सबै अधिकार छोरालाई दिएका छन् ।

राजा सलमानको सत्ता पल्टाउन खोजेको अभियोगमा राजकुमार सलमानले राजपरिवारका धेरै सदस्यहरुलाई पक्राउ गरी जेल हाल्दै आएका छन् । कतिपयलाई सलमानले भ्रष्टाचारविरुद्धको अभियान भन्दै पक्राउ गरेका थिए ।

साउदीमा राजा सलमानको उत्तराधिकारीको नियम परिवर्तनप्रति असन्तुष्टि हुँदै आएको छ । सलमानपछि उनका छोरा राजकुमार विन सलमान राजा हुने गरी नियम परिवर्तन गरिएको थियो । विगतमा राजापछि उनका भाईहरु उत्तराधिकारी हुने प्रचलन थियो । एजेन्सी

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्