नेपाली मुलका आचार्य बालकृष्ण, भारतका २५ औं धनी व्यक्ति बन्न सफल


 


acharya-balkrishna

काठमाडौं,भदौ २८ हुरुण इण्डिया रिचलिस्ट २०१६ मा ३ दशमलव ८ बिलियन डलर सम्पत्तिका साथ आचार्य बालकृष्ण भारतका २५ औं धनी व्यक्ति बन्न सफल भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार   अहिले उनको पतञ्जली योगपीठमा ९४ प्रतिशत शेयर रहेको छ ।

रामदेवको पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत रहेका ४४ वर्षीय बालकृष्ण सुवेदीको पुख्र्यौली घर नेपालको स्याङ्जा हो ।
बिस्तारै बाबा रामदेवको सम्पर्कमा आएका कारण पतञ्जली योगपीठका सदस्य बन्नपूगेका थिए ।
आयुर्वेदमा विज्ञता हासिल गरि,आयुर्वेद शिरोमणि हुँदै आचार्य बनेका उनी अहिले आचार्य बालकृष्णको नामले प्रसिद्ध छन् ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्