कोरोनाले इटालीमा एकैदिन ४९ जनाको मृत्यु


 



इटालीमा कोरोना भाइरस ९कोभिड(१९० तीब्र रुपमा फैलिरहेको छ । शुक्रबार एकैदिन ४९ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या १९७ पुगेको छ। 

इटालीमा ४ हजार ६ सय ३६ जनामा कोरोनको संक्रमण देखिएको छ। विश्वभर कोरोनाको कहर जारी छ। चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण विश्वका ९० देशमा पुगेको छ।

विश्वभरि करिब एक लाख मानिसमा कोरोनाको संक्रमण देखिएको छ। चीनपछि इटली र इरान सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएका छन्। एजेन्सी

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्