प्रहरी र डनलाई भिडन्त गराउने खुस्बुको ठगी धन्दा


 


काठमाडौं, फागुन २४
जिल्ला अदालत काठमाडौँले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकेपछि खुस्बुको परिचय फेरिएको छ। लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो ।

सन् २००६ मा मिस टिन भएपछि चर्चामा आएकी खुस्बु गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’सँगको प्रेम सम्बन्धका कारण चर्चामा आइन्। चरीको प्रहरी इन्काउण्टरमा मृत्यु भएपछि सञ्चार माध्यमहरुले उनीहरुबीचको सम्बन्ध केलाएका थिए।

उनले त्यतिबेला म एउटा केटी मात्र नभएर समाजसेवी र दुव्र्यसनीहरुलाई आश्रय दिन मानिस पनि भएकाले चरीलाई सुधार गरेर समाजमा स्थापित गर्ने सोचका साथ उससँग सम्बन्ध गाँसेको बताइएकी थिइन्। उनले त्यतिबेला मलाई मन पराउने व्यक्तिहरुबाटै चरीको हत्या भएको भनेर घटनालाई चलचित्रको ‘रिल’ लाइफसँग दाँजेको थिइन्। ‘म एउटी केटी भएर भन्न त नमिल्ने हो तर संसारमा कतिपय ठूला घटना केटीकै कारण भएका छन् भनिन्छ। दुर्भाग्यवश मेरो सन्दर्भमा पनि यस्तै भयो जस्तो लाग्दैछ। मलाई मन पराउनेहरुबाटै दिनेश अधिकारीको ज्यान गयो भन्नेमा मलाई कुनै शंका छैन। संसारका चर्चित अपराधीहरु समाजका हिरो बनेका छन्,’ चरीको अवशानपछि सञ्चारमाध्यमलाई भनेकी थिइन्।

नयाँ बजारमा रहेको सेल्टर नामक संस्थामा भेट भएको र बताइए पनि त्यो दुवैको भेट उनका पूर्वप्रेमी अर्पण कोइरालाकै कारण चरीसँग खुस्बु नजिक भएकी थिइन्। पछि अर्पणलाई छाडेर खुस्बुले चरीलाई मन पराउन थालिन् र उनीहरुबीच धेरैपटक काठमाडौंका विभिन्न होटलहरुमा सँगै भेटघाट हुने गरेको नजिककै साथीहरुले समेत दाबी गरेका थिए। चरीको मृत्युपछि खुस्बुले हामी उदाहरणीय जोडी बन्न चाहन्थ्यौँ समेत भनेकी थिइन्।

उनीहरुको भेट हुनुमा र एक अर्कासँग नजिक हुनुमा भने अर्पण कोइरालाको ठूलै हात रहेको छ। खुस्बु अर्पण कोइरालासँग धेरै वर्ष लिभिङ टुगेदरको सम्बन्धमा बसेकी थिइन्। त्यतिबेला कोइरालाको नाममा रहेको स्कोडा गाडीसमेत खुस्बुले आफ्नो नाममा पारेकी थिइन्। खासमा खुस्बुको सम्बन्ध अर्पणसँग बिग्रिएपछि चरीसँग नजिक भएकी थिइन्।

खुस्बुकै कारण केही प्रहरी अधिकारी र केही गुण्डाहरुको समेत भिडन्त भएको प्रहरी अधिकारीहरु बताउँछन्। न्युरोडका मित्तल थरका एक व्यापारी पनि चरी खुस्बु काण्डमा जोडिएका नाम हुन्। उनको ५० लाख रुपैयाँ त्यतिबेला डुबेको थियो।

३६ लाख नतिर्दा जेलको यात्रा तय
सर्लाहीका गोपाल कटुवाल र खुस्बुका जेठो दाइ दिवस ओली सानैदेखिका साथी हुन्। दाइसँगको चिनजानले गोपाल र खुस्बु चिनजानमा कुनै समस्या भएन।

यही सिलसिलामा खुस्बुले झापामा बुबाले घर किन्न लाग्नु भएको र त्यसका लागि बेलायतबाट आफ्नो पैसा आउन केही ढिलाइ भएकाले त्यतिञ्जेलसम्मका लागि ३६ लाख रुपैयाँ सापटी मागिन्। गोपाल कटुवालले पनि आफ्नै जस्तो ठानेर पैसा दिए। दुई महिनाभित्र फिर्ता गर्छु भनेर लगेकी सापटी रकम लामो समय नआएपछि उनी कानुनी कार्बाहीतर्फ लागे। सोही कारण खुस्बु अहिले प्रहरीको फरार सूचीमा रहेकी छिन्।

गोपालले दिएको सापटी रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको दुईवटा चेक दिएकी थिइन्। खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत उनले ३६ लाख रुपैयाँको चेक दिएकी थिइन्। ती चेक २०१७ जनवरी ३ तारिखमा थमाएकी थिइन्। निर्धारित समयको दुई दिनपछि चेक साट्न पुगेका कटुवाल रित्तो हात फर्किए। चेक नसाटिएपछि पनि उनले खुस्बुलाई धेरैपटक सम्पर्क गर्दा पनि पैसा पाउन सकेनन्।

त्यसपछि मात्रै उनले कुमारी बैंकमै खुस्बु ओलीको सबै कारोबार बन्द गर्नेगरी कालोसूचीमा राख्न लगाए। सो थाहा पाएपछि खुस्बुले केही दिनमै पैसा फिर्ता गर्ने भनेर फकाइन् र कटुवालले पनि कालोसूचीमा राख्ने निवेदन फिर्ता गरे। कुमारी बैंकबाट कालोसूचीको निवेदन फिर्ता भएपछि कानुनी रुपमा आफूमाथि परेको ठानेर खुस्बुले कटुवाललाई पैसा नतिर्ने बताइन् र कानुनी प्रक्रियामा जान भनिन्। तर उनीसँग भएको अर्को चेकले भने खुस्बुविरुद्ध चेक अनादरको मुद्दा दायर गर्ने बाटो खुल्यो। (शुक्रबार)बाट

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्