कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघ्यो


 


फाइल तस्वीर

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा संक्रमित संख्या एक लाख कटेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले भने एक लाख नजिक मात्र पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।

गत वर्षको अन्ततिर चीनको वुआन क्षेत्रबाट कोरोना भाइरसको संक्रमण देखिएको थियो । चीनमा मात्रै मृत्यु हुनेको संख्या ३१ सय कटेको छ भने संक्रमित ९० हजारभन्दा बढी छन् । चीनपछि इरान, दक्षिण कोरिया र इटालीमा संक्रमण फैलिएको छ ।

संक्रमण हुन नदिन विश्वका विभिन्न देशले नाकामा कडाई गरेका छन् । कतिपय देशले पर्यटक रोकेका छन् ।

विश्व अर्थतन्त्रमा कोरोना भाइरसले चार सय खर्बभन्दा बढी नोक्शान हुने प्रक्षेपण गरिएको छ । रोगको औषधी र खोपका लागि विश्वभरका ठूला औषधी कम्पनिहरु सक्रिय भएका छन् । एजेन्सी

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्