कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिदै


 


 
 

काठमाडौं, फागुन २३
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान एघार बजे बस्ने बैठकमा कोरोनाभाइरस बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।

सांसद गगन थापाले कोरोना भाइरसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरेका हुन् । विश्वव्यापी प्रकोपका रुपमा फैलिरहेको कोरोनाबारे सवै एकजुट हुनुपर्ने प्रस्ताव सहित सार्वजनिक महत्वको प्रस्ताव हुन लागेको हो ।

थापाले दर्ता गराउने यो प्रस्तावमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र केसी र नारायण खड्का छन् ।

छिमेकी चीनबाट फैलिएको कोरोनाको संक्रमण ८० भन्दा बढी देशमा फैलिएको छ भने तीन हजार बढीको मृत्यु भइसकेको छ । ९० हजार बढी यसबाट संक्रमित छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्