निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते


 


तनहुँ, फागुन २२
तनहुँमा निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते भएका छन् । जसमा एक जनाकाे अवस्था गम्भीर रहेकाे छ। भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा बर्दिया घर भएका सुनील चौधरी, राज चौधरी र सन्दिप चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

मर्स्याङ्दी नदीमाथि बनाइँदै गरिएको पुल निर्माणको क्रममा बिछ्याइएको फर्मा ढल्दा तीन कामदार घाइते भएका हुन् । सुनीलको अवस्था गम्भिर रहेको र काठमाडौंमा उपचार भइरहेको डीएसपी बासुदेव खतिवडाले बताए । अन्यको भने स्थानीय मेडिकलमा उपचार भएको छ ।

ढलानका लागि फर्मा बिछ्याउन राखिएको करिव तीन हजार टेका ढलेर दुर्घटना भएको ठेकेदार कम्पनीका इन्जिनियर प्रेम अधिकारीले बताए । खगौरी पार्वती निर्माण सेवा प्रालिले पुल निर्माणको काम गरिरहेको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्