एक रुपैयाँमै होलीको टीसर्ट!


 


काठमाडौं, फागुन २२
मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर एक रुपैयाँमै होलीको टीसर्ट उपलब्ध गराउने भएको छ । होलीलाई रमाइलो बनाउन तथा आफ्नो ब्रान्ड प्रवर्द्धन गर्न होलीको थीमयुक्त टीसर्ट उक्त मूल्यमा उपलब्ध गराउने लागेको रिचार्जरले जनाएको छ ।

यसका लागि फागुन २३ गते शुक्रवार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरीद गर्नुपर्नेछ । १ रुपैयाँमा टीसर्ट खरीद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाइन्ट प्रयोग गर्नुपर्ने हुन्छ अर्थात् २४९ क्यास प्वाइन्ट र १ रुपैयाँ भुक्तान गरेर टीसर्ट किन्न सकिने छ ।

रिचार्जर डाउनलोड गरी एकाउन्ट खोलेपछि प्रयोगकर्ताले तत्कालै रू. १०० क्यास प्वाइन्ट पाउनेछन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्‍यो त्यति नै क्यासप्वाइन्ट पाइनेछ । क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरीद गर्दा डिस्काउन्ट भौचरका रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्