कोरोनाबाट अमेरिकामा ११ को ज्यान गएपछि क्यालिफोर्नियामा आपतकाल घोषणा


 


काठमाडौं, फागुन २२
चीनबाट फैलिएकाे नाेबेल कोरोनाभाइरसले अमेरिकामा ज्यान गुमाउनेमा ११ जना पुगेका छन्। ११ जनाकाे ज्यान गएसँगै क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय एक पुरुषको मृत्यु भएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुगेको हो । क्यालिफोर्निया राज्यमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि आपतकाल घोषणा भएको हो ।

अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने घोषणा गरेको छ।

अमेरिकाको १६ राज्यमा एक सय ५९ जनामा कोरोनाको सङ्क्रमण देखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सय ८५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा २ सय ९० जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् ।

विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए । टेड्रोसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्