राष्ट्रपतिद्वारा वितरण हुँदै आएका विभिन्न विभूषण विवादमा


 


काठमाडौं, फागुन २२
राष्ट्रपतिद्वारा वितरण हुँदै आएका विभिन्न नामका विभूषण विवादमा पर्दै आएका छन्। कतिपयले विभूषण थाप्न अस्वीकार गर्दै आएका छन् भने कतिपयले विवादमा परेकाले लिएका छैनन्।

गृह मन्त्रालयले राष्ट्रपतिबाट २०६७ देखि २०७५ सालसम्म घोषित विभूषण नलिएकालाई आउन सूचना निकालेको छ। नौ वर्षअघि बाँडिएका पदक लिन नआउनेहरूसमेत रहेको गृहको भनाइ छ।

उक्त मन्त्रालयका अनुसार पदक लिन नआउनेको संख्या हालसम्म एक सय ९२ जना पुगेको छ। जनसेवाश्री, समाजसेवा रत्न, प्रबल जनसेवा, महाउज्ज्वल राष्ट्रदीप, र्कीतिमय राष्ट्रदीपलगायत पदक लिन नआउनेहरू छन्। त्यसैगरी संविधानसभा पदक बुझ्न दुई सय ४६ पूर्वसभासद् नआएको भन्दै उनीहरूका नाममा पनि गृहले सूचना जारी गरेको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्