बैतडीमा बस दुर्घटना


 


गोकुलेश्वर, २१ फागुन 
बैतडीमा बस दुर्घटना भएको छ महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका-५ न्वालीमा बुधवार(आज) बिहान बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बैतडी सुर्नयाका २२ बर्षीया बिनिता कुँवर (टेर), दार्चुला दुहुका ३० बर्षीय ललित बोहरा, दार्चुला ब्यासका ३३ बर्षीया बिन्दु कुँवर, ५५ बर्षीया गोबिन्दी कुँवर र २४ बर्षीय महेश बडाल रहेका छन् ।

घाइतेहरुलाई बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घाइतेको प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरिक्षक शंकर दत्त भट्टको टोलीले उद्धार गरेको हो ।बसमा सवार ४० जना रहेको भएपनि अन्यको अवस्थामा सामान्य रहेको छ ।

महेन्द्रनगरदेखि गन्ना जादैं गरेको पवनदुत यातायातको ना.५ख.५१४१ नम्बरको बस न्वालीमा बुधवार बिहान ५ बजेतिर एक्कासी नालीमा पल्टिन गई दुर्घटना भएको हो । बस चालक दिपक बोहरा प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्