विद्यार्थीमाथि सामूहिक बलात्कार, ११ दोषीलाई जन्मकैद


 


एजेन्सी ,  फागुन २०
भारतमा विद्यार्थीमाथि सामूहिक बलात्कारकाे घटनाामा ११ जना दोषीलाई जन्मकैदकाे फैसला सुनाइएकाे छ। झारखण्डको राजधानी राँचीको कांके थाना क्षेत्रस्थित ‘ल युनिभर्सिटी’ की छात्रासँग सामूहिक बलात्कारको मामलामा अदालतले सोमबार सबै ११ दोषीलाई आजीवन कारावास सुनाएको छ ।

दोषी युवकमा कुलदीप उरांव, सुनील उरांव, संदीप उरांव, अजय मुंडा, राजन उरांव, नवीन उरांव, बसंत कच्छप, रवि उरांव, रोहित उरांव, सुनील मुंडा र ऋषि तिर्की समावेश छन्।
यी सबैमाथि ५० हजार भारु जरिवाना पनि तोकिएको छ । उक्त रकम पीडितलाई दिन आदेश दिइएको छ ।

घटनामा एक आरोपी किशोर पनि छन् । जसको सुनुवाई जुभेनाइल जस्टिस बोर्डमा चलिरहेको छ । गत वर्ष २६ नोभेम्बरमा उक्त घटना भएको हो । त्यसको ९७ दिनपछि दोषीलाई सजाय सुनाइएको हो ।

दोषी ठहर गरेपछि सुनुवाईका लागि २ मार्चको तारिख निश्चित गरिएको थियो । प्रधान न्यायायुक्त नवनीत कुमारको अदालतले आरोपीलाई अपहरण, सामूहिक दुष्कर्म र आपराधिक षड्यन्त्र रचेको मामलामा दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्