‘सूर्यवंशी’को ट्रेलरमा यस्तो देखियो


 


काठमाडौं, फागुन २०
रोहित शेट्टी निर्देशित ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार भब्य समारोहबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो। मुम्बईमा भइरहने आतंकवादी हमलाबारे ट्रेलरमा देखाइएको छ।

ट्रेलरमा अक्षय कुमार र कैट्रिना कैफको मुख्य अभिनय रहेको छ। त्यसका अलवा अजय देवगन, रणवीर सिंह, ज्याकी श्राफलाई पनि फिल्ममा हेर्न सकिन्छ। फिल्म २४ मार्चमा प्रदर्शनमा आउँदैछ।

‘अपराधको कुनै समय हुँदैन। संसारभरि २४ मार्चदेखि प्रदर्शनमा आउने सूर्यवंशी मुम्बईको सिनेमा घरमा २४ घन्टा खुला हुनेछ,’ अक्षयले ट्‍वीटरमा जारी गरेको भिडियोमा भनिएको छ।

यसअघि फिल्मलाई मार्च २७ मा प्रदर्शन गर्ने तय भएको थियो। तर २५ मार्चमा सार्वजनिक विदालाई मध्यनजर गर्दै फिल्म युनिटले २४ मार्चदेखि फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेको हाे।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्