भारतीय प्रधानमन्त्री मोदीले किन देखाए सामाजिक सञ्जाल छाड्ने संकेत?


 


काठमाडौं, फागुन २०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल छोड्ने संकेत गरेका छन्। उनले ट्‍वीटरबाट आफूले सामाजिक सञ्जाल, फेसबुक, ट्‍वीटर, इन्स्टाग्राम र युट्युब छाड्ने संकेत गरेका हुन्।

उनले व्यक्तिगत ट्‍‍वीटरमा सोमबार राति लखेका छन्- ‘सोच्दैछु, आइतबारदेखि फेसबुक, ट्‍वीटर, इन्स्टाग्राम र युट्युबबाट आफ्नो सामाजिक सञ्जालका एकाउन्ट्स छाडिदिउँ।’

उनको यो ट्‍वीटपछि भारतीय सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्। भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले उक्त ट्‍वीटलाई रिट्‍वीट गर्दै प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जाल होइन, घृणा छोड्न आग्रह गरेका छन्।

त्यसको जवाफमा त्रिपुराका मुख्यमन्त्री विप्लब कुमार देवले राहुलसँग प्रश्न सोधेका छन्- ‘त्यही कारणले पो हो, सोनिया गान्धीको सामाजिक सञ्जालमा कुनै एकाउन्ट्स नभएको?’

प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्‍वीटरमा ५ करोड ३३ लाख फलोअर्स छन्। त्यस्तै फेसबुकमा ४ करोड ४७ लाख, इन्स्टाग्राममा ३ करोड ५२ लाख र युट्युबमा ४५ लाख बढी सब्सक्राइबर छन्।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्