खाजाघरकाे आवरणमा यौन धन्दा, सञ्चालकसहित तीन युवती पक्राउ


 


काठमाडौं, फागुन २०
काभ्रेको बनेपामा खाजाघरकाे आवरणमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकसहित तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बनेपा नगरपालिका ८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र बनेपा ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक राजु भन्ने राजीव मानन्धरलाई पक्राउ गरेको हो।

‘छापा मार्ने क्रममा यौन क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएका छौँ,’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले भने।

बनेपा नगरपालिका ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बनेपामा यौन धन्दा सञ्चालन गर्ने होटलको संख्या करिब २० जति छन्। ती होटललाई निगरानी गरिरहेको प्रहरीले जनाएको छ। बजार क्षेत्रमा केटी जम्मा गर्दै अवैध यौनधन्दा सञ्चालन गरेको पाइएपछि अनुसन्धान तिब्र पारिएको प्रहरीको भनाई छ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्