आजको विनिमयदर: डलरदेखि रियालकाे भाऊ कति छ?


 


काठमाडौं, फागुन २०
नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ ।

विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुस्–

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्