राष्ट्रिय बाणिज्य बैंकमा जागिर खुल्यो,प्लस टु देखि मास्टर्स उत्तिर्ण सम्मका ले दरखास्त दिन पाउने
काठमाडौं,भदौ २८ राष्ट्रिय बाणिज्य बैंकले विभिन्नपदमा २४९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
विभिन्न पदमा प्लस टु देखि मास्टर्स उत्तिर्ण सम्मले दरखास्त दिन पाउने छन् ।
योग्यता पुगेका तथा इच्छुक व्यक्तिले असोज २८ गते सम्म रामशाहपथमा रहेको बैंकको केन्द्रिय कार्यालयमा दरखास्त बुझाउन पर्नेछ ।
दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र आवेदन फारम बुझाउन सक्ने बैंकले जनाएको छ ।
बैंकको वेवसाइड www.rbb.com.np मा गएर क्यारियन नोटिस बाट आवेदन फारम डाउनलोड गरेर भर्नुपर्ने र बैंकमा नै गएर बुझाउन पर्नेछ ।
थप हेर्नुस् ।
प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार