कोरोना भाइरसको आशंकामा चार जना अस्पताल भर्ना
काठमाडौं, फागुन १९
कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई भर्ना गरिएको अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले बताए । डा। बास्तोलाले भने ुकोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो ।ु भर्ना गरिएकाहरु सबै पुरुष हुन् ।
हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसको बताइएको छ।
प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार