आज चट्याङसहित पानी पर्ने सम्भावना


 


काठमाडौँ, फागुन १७ 
पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै तथा मध्य र पूर्वका थोरै पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन।

आज पहाडका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने सम्भावाना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिईन।

उनका अनुसार यसकै प्रभावले अरु ठाउँको मौसम आंशिक बदली हुनेछ । तर यो पश्चिमी वायु कमजोर भएकाले यसअघिको जस्तो धेरै पानी भने कतै पनि नपर्ने उनको भनाई छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्