नेहा कक्करले भनिन्– ‘आदित्यको प्रेमिका छ’


 


काठमाडौं, फागुन १७ 
भारतीय टेलिभिजनमा प्रशारण भएको रियालिटी शो ‘इन्डियन आइडल–११’ सिजनमा नेहा कक्कर र आदिन्य नारायण झाको विवाहले निकै चर्चा पायो । केहि समयदेखि यी दुई विवाह बन्धनमा बाधिने हल्ला चल्दै आएको छ । भारतिय मिडियाका अनुसार अहिले यी दुईको विवाह बारे फरक कुरा खुलेको छ ।

यी दूईको विवाह साँच्चिकैभन्दा पनि सोको टिआरपीको लागि गरिएको बताइएको छ । केहि समयदेखि यी दूईको फेब्रुअरी १४ मा विवाह हुने हल्ला चलेको थियो । तर इन्डियन आइडल शोको टिआरपीका लागि यस्तो खेल रचिएको बताइएको छ ।

पछि उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको र विवाह पनि नक्कली भएको खुलासा भयो । त्यस विषयमा आदित्य र उदित दुवैले खुलेरै विवाहको विषय शोको टिआरपी बढाउनकै लागि गरिएको नाटक भएको बताएका थिए ।

यसपछि, नेहाले पनि यस विषयमा बोलेकी छिन् । नेहाले विवाहको कुरा नाटक मात्रै भएको खुलाएकी छिन् । उनले आदित्यको आफ्नै प्रेमिका भएको र निकट भविष्यमा नै उनले ती युवतीसँग विवाह गर्ने समेत खुलाएकी छिन् । एजेन्सी

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्