उत्तर कोरियामा कोरोना संक्रमितलाई गोली हानी मारेको खुलासा


 



एजेन्सी
उत्तर कोरियामा कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइनेक्रममा एक कोरोनाका विरामीको गोली हानी हत्या गरिएको छ ।

उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दावी गरिरहँदा यस्तो तथ्य बाहिर आएको हो । केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको उनको गोली हानी हत्या गरेको बताएका छन् । उत्तर कोरियाली अधिकारीहरुले भने एक सय ४१ जनामा संक्रमण परीक्षण गरेको तर कसैमा पनि संक्रमण नभेटिएको दाबी गर्दै आएको छ ।

चीनको छिमेकी मुलुकसमेत रहेको उत्तर कोरियाले पछिल्लो समय चीनसँगको सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाएको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा संक्रमित भेटिएको जनाएका थिए ।

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्