प्रियंका र आयुष्मान बैवाहिक बन्धनमा बाँधिए


 


काठमाडौं, फागुन १७
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी बैवाहिक बन्धनमा बाँधिएका छन। शुक्रवार बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् ।

विवाह समारोहमा प्रियंका र आयुष्मानका पारिवारिक सदस्यसँगै उनीहरुका निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रियंकाको जन्मदिनको अवसरमा उनीहरुले कागजी विवाह गरेका हुन् । कानुनी विवाह गरेपछि यो जोडीले शुक्रवार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । प्रियंकालाई लिन आयुष्मान रोल्स रोयस कार चढेर पुगेका थिए ।

दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले बिहीवार जिल्ला अदालत काठमाडौं पुगेर कानुन अनुसार विवाह गरेका थिए । ‘चंगा चेट’ र ‘प्रेम दिवस’ नामक चलचित्रमा पनि सँगै काम गरिसकेको यो जोडीले विवाहपछि सँगै बस्न काठमाडौंमा घर समेत किनिसकेको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्