कोरोनाको त्रास : मंगोलियाका राष्ट्रपति पनि क्वारेन्टाइनमा


 



काठमाडौं, फागुन १६
एक दिने चीन भ्रमणबाट फर्किएपछि मंगोलियाका राष्ट्रपति खल्तमागिन बातुल्गा १४ दिने क्वारेन्टाइनमा बसेका छन्।

कोरोना संक्रमण रोकथामका लागि राष्ट्रपति बातुल्गासहित अन्य थुप्रै सरकारी अधिकारीहरु अहिले क्वारेनटाइनमा बसेको बताइएको छ। उनीहरु बिहीबार राति चीनबाट फर्केका थिए।

उनीहरुको प्रतिनिधिमण्डलले चीनमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङलाई भेटेको थियो। भ्रमणको क्रममा बातुल्गाले चीनलाई ३० हजार भेडा प्रदान गर्ने घोषणा पनि गरेका थिए।

मंगोलियामा हालसम्म कोरोना संक्रमित फेला परेका छैनन्। यद्यपि रोकथामको उपायलाई तीव्रता दिइएको छ। एजेन्सी

प्रकाशित मिति: १६ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्