आजको डलरदेखि रियालसम्मको भाउ ?
काठमाडौं, फागुन १६
नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन १६)जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७१ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
प्रकाशित मिति: १६ फाल्गुन २०७६, शुक्रबार