तस्करीको सुन गायब भएपछि इन्स्पेक्टरसहित १६ प्रहरी निलम्बन गर्न पत्र


 


काठमाडौं, , फागुन १५
सीमा प्रहरी चौकी रसुवा टिमुरेका प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर) खेमप्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा पर्ने भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तस्करी भएको सुन गायब पारेको अभियोगमा नेपालसहित १६ जना प्रहरी निलम्बन गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

आयोगले पत्र पठाएसँगै उनीहरू निलम्बनमा पर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक नेपालसहितको टोलीले २ महिनाअघि चीनको केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनरबाट बरामद गरेको ४ सय २२ ग्राम सुन लिएर चालकलाई छोडेको अभियोग छ ।

नेपालसहित चौकीका १६ जनालाई यसअघि नै प्रदेश ३ प्रहरी कार्यालयले तानिसकेको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्