ट्यांकर मुख्य साँचो प्रकरणमा डिपो प्रमुखमाथि छानबिन शुरू


 


काठमाडौं, फागुन १५
हवाई इन्धन ढुवानी गर्ने ट्यांकरको मुख्य साँचो (मास्टर की) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ ।

श्रेष्ठ सिनामंगलस्थित डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो ।

साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ । चार सय मुख्य साँचो गायब गरेका श्रेष्ठलाई निगमको केन्द्रीय कार्यालयमा ल्याई निगरानीमा राखेर अनुसन्धान थालिएको नेपाल आयल निगमले जनाएको छ ।

ढुवानीको क्रममा हुने चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले २०७४ चैत १ गतेदेखि एकल ताला प्रणाली लागू गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्