बहिनीलाई गर्भवती बनाउने दाजु पक्राउ


 


काठमाडौं, , फागुन १५
अमेरिकामा आफ्नै दाजुबाट बलात्कृत हुन पुगेकी एकजना एघार वर्षीया बालिकाले आफ्नै घरमा बच्चा जन्माएकी छन् । हाल ती बालिकाका दाजु र अभिभावकविरुद्ध आपराधिक मुद्दा चलिरहेको छ ।

कानुनी समस्याका कारण नाम नखुलाइएकी ती बालिकाले मिसौरीको सेन्ट चाल्र्सस्थित आफ्नो घरको बाथटवमा छोरा जन्माएको प्रहरीले जनाएको छ । उनका १७ वर्षीय दाजुलाई बलात्कारको र उनका आमाबुबालाई बालिकाको सुरक्षामा लापरबाही गरेको अभियोगमा गत साता प्रहरीले पक्राउ गरेको थियो ।

साथै, प्रहरीले ती आमाबुबाले बच्चा जन्माइसकेकी छोरीको स्वास्थ्य स्याहारसमेत नगरेको आरोप पनि लगाएको छ । एनबीसी न्युजले प्रहरीले ११ फेब्रुअरी ती बालिकाले जन्माएको बच्चा लिएर उनका अभिभावक स्थानीय अस्पतालमा पुगेपछि अनुसन्धान थालेको जनाएको छ ।

अझैसम्म सालनाल नकाटिएका ती नवजात शिशुको शरीरको तापक्रम पनि ९० डिग्री मात्र रहेको अस्पताल सूत्रले जनाएको छ । ती बालिकाका पिताले शुरूमा सो बच्चा आफ्नी पूर्वप्रेमिकाले आफ्ना घरमा छाडेर गएको झुठो बयान प्रहरीलाई दिएका थिए ।

पछि अनुसन्धानकर्ताहरूले दबाब दिएपछि मात्र बल्ल उनले सत्यतथ्य बताएका थिए । तर, उनी आफूले र आफ्नी पत्नीले घरमा यौन दुव्र्यवहार भएको तथा छोरी गर्भवती भएको कुरा बच्चा जन्मेपछि मात्र थाहा पाएको अडान लिएका थिए । प्रहरीलाई बयान दिने क्रममा ती किशोरले आफ्नी बहिनीसँग करिब सय पटक यौन सम्पर्क गरेको बताएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्