गुप्तचरलाई फोन ट्यापिङ सुविधा दिने गरी सहमति
काठमाडाैं, फागुन १५
फोन ‘ट्यापिङ’को प्रावधानमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधवार व्यक्तिगत फोन ‘ट्यापिङ’को विवादित प्रावधान नहटाउने पक्षमा मत आएको हो ।
नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विधायन समितिमा दफावार छलफल भइरहेको छ ।
दफा १० को सूचना संकलनसम्बन्धी प्रावधानमा केही शब्द हेरफेरसमिति सहमति जुटेको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।
‘धेरै देशमा फोन ट्यापिङको व्यवस्था छ,’उनले भने,‘व्यक्तिगत गोपनियता सुरक्षित राख्ने गरी यो प्रावधान अघि बढाउने सहमति भएको छ ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार