चीनका एक चिकित्सकले विकास गरे कोरोना विरुद्धको ‘भ्याक्सिन’


 


काठमाडौं । चीनका एक चिकित्सकले अहिले व्यापक रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’ विकास गरेका छन ।

चीनको अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले कोरोना भाइरसबिरुद्ध ‘भ्याक्सिन’ औषधि बिकास गरेका हाे ।

यो भ्याक्सीन मुखबाट लिन सकिने बताइएको छ । सुरुमा उनी आफैँले सो ‘ट्याबलेट’को चार डोज प्रयोग गरेको बताइएको छ । उनले बिकास गरेका ‘ट्यावलेट’ले कुनै साइड इफेक्ट देखाएका थिएन ।

मुखबाट लिनसकिने उक्त ‘भ्याक्सिन’ले कोरोनाको भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

‘भ्याक्सिन’को बिकास सँगै साे विश्वविद्यालयले औषधिलाई क्लिनिकल परीक्षण र धेरै मात्रामा ‘भ्याक्सिन’ उत्पादन गर्न साझेदारको खोजी गरीरहेको बताइएको छ।

प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको टोलीले ‘क्याप्सुल’का रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनमिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका हुन् ।

चीनकै वुहानमा पहिलाे पटक देखिएकाे भाइरस हाल ३ दर्जनभन्दा बढी मुलुकमा फैलिएको छ । कोरोना भाइरसका काराण मंगलबारसम्म २७ सय एक जनाको मृत्यु भइसकेको छ । चीनमा कोरोना भाइरसले सबैभन्दा धेरैको ज्यान लिएको तथ्याङ्क छ ।

गत सोमबार मात्रै एकैदिन चीनमा ७१ जनाको मृत्यु भएको थियो। जसमा हुबेई प्रान्तमा मात्रै ६८ जनाको मृत्यु भएको थियाे । त्यसैगरी चीनमा एकैदिन ५ सय ८ नयाँ संक्रमित भेटिएका थिए ।

मंगलबार बिहानसम्ममा चीनमा मात्रै कोरोना संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गइसकेकाे छ । त्यस्तै विश्वभर २७ सय १ जनाको मृत्यु भएइसकेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्