निजगढ विमानस्थलमा पनि यतीको संलग्नता !


 


काठमाडौँ, फागुन १४
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास र सञ्चालनका निम्ति स्विट्जरल्यान्डको जुरिक एयरपोर्ट इन्टरनेसनल एजी कम्पनी छानिनुपछाडि पनि विवादास्पद यती समूहको संलग्नता फेला परेको छ।

सातवटा कम्पनीले आशयपत्र पेस गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल लगानी बोर्डले अघिल्लो महिना जुरिक एयरपोर्ट इन्टरनेसनल एजीलाई परियोजनाको विकास र सञ्चालनका निम्ति काम गर्न एकमात्र कम्पनीको रुपमा छनोट गरेको हो।

जुरिक अन्तर्राष्ट्रिय एयरपोर्टको स्थानीय एजेन्ट यती ग्रुप रहेको र यही ग्रुपको सस्थागत स्वार्थ पूरा गर्न लगानी बोर्डले यो निर्णय लिएको बोर्डका एक अधिकारीले नागरिकलाई बताए।

गत वर्षको सेप्टेम्बरमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्डको बैठकले जुरिक एयरपोर्टलाई छनोट गरेको सूत्रले बतायो। यति ठूलो परियोजनाका लागि प्रतिस्पर्धा नगराई एकमात्र कम्पनीलाई छनोट गरिनु शंकास्पद रहेको पनि उक्त सूत्रले बतायो। नागरिक दैनिकबाट

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्