प्रदेश १ का मुख्यमन्त्री राईले गरे ठूलो षडयन्त्रको पर्दाफास ! विदेशी शक्तिको पनि संलग्नता
भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिले सङ्घीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनको भनाइ छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम सांस्कृतिक महोत्वस–२०७६’ को उद्घाटनका लागि गृह जिल्ला आएका राईले तीन तहको सरकार कार्यान्वयनमा आएपछि विकासको लहर चलेको धारणा राखे ।
मुख्यमन्त्री राईले भने, “देश सङ्घीय प्रणालीमा गएपछि विकासले गति लिएको छ, तर यसलाई समाप्त पार्न विभिन्न षड्यन्त्र भइरहेका छन्, यसलाई हामीले सामना गर्नैपर्छ ।” यतिबेला जनप्रतिनिधिलाई सेवा गर्ने अवसर आएको बताउँदै उनले जनतालाई छल्ने र बहाना बनाउने कुनै छुट नभएको बताए ।
“जनताले हामीबाट धेरै आशा गरेको छन्, यो हाम्रो समय भनेको विकास र समृद्धिमा लाग्ने समय हो, यसर्थ हामीलाई जनताको काममा आलटाल गर्ने कुनै छुट छैन”, उनले भने । अहिले साना योजनाका लागि पनि काठमाडौँ धाउनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले ठूला लगानीका योजनालाई सञ्चालन गर्ने हैसियत प्रदेश सरकारसँग रहेकाले विकास भएन भनेर नडराउन आग्रह गरे ।
जनताको भलाइलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उहाँले भोजपुरको शिर उच्च राख्ने गरी आफूले प्रदेशको नेतृत्व गरिरहेको बताए । “मैले मेरो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु, तपाईँहरुले म माथि गर्नुभएको भरोसालाई केन्द्रविन्दुमा राखेर विकासका काम सञ्चालन भइरहेको छ, अबको केही वर्षमा भोजपुर विकासको गतिमा निकै माथि उठ्छ, यहाँहरुले साच्चै विकासको अनुभूति गर्न पाउनुहुन्छ ।’’
प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार