काँग्रेसबाट निर्वाचित वडाध्यक्षले घुस खाएको आरोप


 



सुर्खेत, फागुन १३
कर्णाली प्रदेशको बराहताल गाउँपालिका वडा नं. ९ सुर्खेतका वडाध्यक्ष झक्कडबहादुर पुलामीले ३१ हजार घुस लिएको आरोप लागेको छ। लेकगाउँ स्वास्थ्य चौकीमा एम्बुलेन्स चालक नियुक्ति गर्दा वडाध्यक्ष पुलामीले ३१ हजार घुस लिएको आरोप लागेको हो ।

बराहताल गाउँपालिका वडा नं. ९ का नविन पुलामीलाई एम्बुलेन्स चालक नियुक्ति गर्दा वडा अध्यक्ष ३१ हजार घुस लिएको तथ्य सार्वजनिक भएको छ । सबैलाई मिलाउनुपर्छ भन्दै वडाध्यक्षले घुस लिएको जानकारी प्राप्त भएको छ ।

एम्बुलेन्स चालक नियुक्ति गर्दा घुस लिएको रकमको बारेमा सार्वजनिक भए एम्बुलेन्स चालक पुलामीलाई जागिरबाट हटाउनेसम्मकाके धम्की वडाध्यक्ष दिएको जानकारी आएको छ।

गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट लेकगाउँ स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिद गरेको थियो । वडा नं. ९ का वडा अध्यक्ष स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्