मिस नेपाल २०२० को आवेदन खुला, यस्तो छ मापदण्ड
काठमाडौं, फागुन १३
मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । २०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जानकारी दिएको छ । सोमबारबाट खुला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्मका लागि तोकिएको छ ।
आवेदन फर्म मिस नेपालको वेबसाइटमा गएर निःशुल्क भर्न सकिने छ । मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवती हुनुपर्नेछ । ५.४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवेदन दिन पाउनेछन् ।
आयोजक हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारले मिस नेपालको अडिसन देशको विभिन्न नौ सहरमा हुने जानकारी दिए । अडिसन हुनेमा स्थानहरुमा काठमाडौं, चितवन, धनगडी, नेपालगंज, बुटवल, पोखरा, वीरगञ्ज, धरान र विर्तामोड रहेका छन् ।
प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार