ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


 


काठमाडौं, फागुन १२
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल एवं रणनीति तय गर्न नेकपाका द्वय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाटमा जुटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच सोमबार बिहान १० बजेदेखि भेटवार्ता भइरहेको हो। भेटमा राष्ट्रिय सभा सदस्य पनि मुलुकको प्रमुख कार्यकारी(प्रधानमन्त्री) हुने गरी संविधान संशोधन, एमसीसी कार्यदलले बुझाएको प्रतिवेदन, पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा अध्यक्षबीच समसामयीक विषयमा छलफल भइरहेको जानकारी दिए । संविधान संशोधन, एमसीसी, गोकुल बाँस्कोटा प्रकरण र प्रधानमन्त्रीको जन्मोत्सवमा काटिएको केक प्रकरणमा सरकार र नेकपाको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्