ओलीकाे जन्म दिवस पार्टीबाट जारी आचारसंहिताविपरित


 


काठमाडाैँ, फागुन १२
नेकपाले गत ५ माघमा जन्म दिवस, पास्नी, ब्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सिमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता÷कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको थियो ।

आचारसंहितामा छोराछोरीको विवाहसमेत सरल र मितव्ययी बनाउन निर्देशन दिइएको छ । तर,प्रधानमन्त्री केपी ओलीको जन्म दिनलाई उत्सवकै रुपमा मनाउन पार्टी नेतृत्वमै रहेको गाउँपालिकाले सार्वजनिक बिदा मात्र दिएन, केन्द्रदेखि स्थानीय तहसम्मले तामझाममा राज्य कोष लाखौं रकम समेत खर्च गरे । मन्त्रीहरू हेलिकप्टर चढेर र तीन दर्जनभन्दा बढि गाडीका लस्करसहित सरकारी अधिकारी र पार्टी नेताहरू ओलीको जन्म घर पुगे । ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ आचारसंहितमा भनिएको छ ।

जन्मोत्वको भोजमा सहभागीहरूलाई खिर, तरकारीसहित ‘ननभेज’ खाना खुवाउन झापाबाट क्याटरिङ झिकाइएको थियो । खुवाएको हो । प्रधानमन्त्री ओलीले भोजमा सहभागी भएकामध्ये ७० वर्ष उमेर पुगेका २ सय वृद्धलाई ज्याकेट र भादगाउँले टोपी तथा २ सय वृद्धालाई पछेउरा र साडी वितरण गरेका थिए । ओलीका स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यको निजी व्यबस्थापन र संयोजनमा उपहार वितरण र भोज खुवाइएको हो । ‘उपहार र खाना खुवाउने खर्चको व्यबस्थापन म्याडम राधिका शाक्यले निजी खर्चबाट गर्नुभएको हो’, भण्डारीले भने, ‘सडक सिलान्याशको खर्च भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निवासको जन्म दिवसको व्यबस्थापन नेकपाको स्थानीय पार्टी कमिटीले गरेको छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्