चौथोपटक मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री ओली


 


काठमाडौं, फागुन १२
सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्थ अगाडि बढाएका छन् ।

यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए ।

उनका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्ने छन् । यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्