आजको मौसम: मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना


 


काठमाडौँ, फागुन १२

हिउँदे वर्षाको समय सकिनै लाग्दा केही दिन देशभर बदली रही केही भेगमा वर्षा हुने अनुमान गरिएको छ ।

पश्चिमी वायुका प्रभावले सोमबार मध्य, पूर्व र पश्चिमका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मङ्गलबारदेखि केही भेगमा सामान्य बदली रही अन्य भेगमा मौसम सफा रहने महाशाखाले जनाएको छ । उच्च हिमाली भेगमा हिमपात हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्