आज आइतबार, कस्तो छ तपाइको भाग्य? पढौं राफिशल


 


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्ला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) शुभकार्यको चर्चा चल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद बढ्नेछ । उपलब्धि हातपार्न नसकिएला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) साथीभाईसंग रमाइलो भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धनलाभ होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । पैसापनि फस्न सक्नेछ, तर घर व्यवहारको समस्या हल हुनेछ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्